काठमाडाैं- कोरोना भाइरसकाे दाेस्राे लहरसँग जुधिरहेकाे नेपाललाई अमेरिकाले थप ३२ करोड ४३ लाख सहयोग गर्ने भएको छ।
अमेरिकी इन्डो–प्यासेफिक कमान्डले अक्सिजन प्लान्ट, सिलिण्डर तथा भण्डार ट्यांकहरुलगायतका स्वास्थ्य सामग्री खरिद गर्न उक्त सहयोगको घोषणा गरेको हाे।
सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको छ।