November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णाली प्रदेशमा गाेपाल शर्मा अर्थमन्त्री नियुक्त

6K

काठमाडौँ – लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा (अनल) र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्री परिषद्को बैठकमा राजीनामा दिएसँगै मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।शर्मालाई आर्थिक मामिला तथा याेजना मन्त्रालय र विष्टलाई कानुन मन्त्रालयकाे जिम्मेवारी दिइएको छ।

Advertisement