November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२७.४७ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली

3.2K

काठमाडाैं- साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले बढेको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा कायम भएको छ।

Advertisement

नेप्से परिसूचक बढे पनि आजको कारोबार पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ। आज २२० वटा कम्पनीका एक करोड आठ लाख १९ हजार ५३५ कित्ता सेयर ६२ हजार ६५९ पटक खरिद-बिक्री भएका थिए।

आज बोटलर्स नेपाल (तराई)का सेयरधनीले सबैभन्दा बढी १० प्रतिशतका दरले कमाएका छन्। विशाल बजार कम्पनी लिमिटेडको कारोबारमा नकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परे।

आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७६ करोड ६५ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा अपी पावर कम्पनी अगाडि रह्यो। आज उक्त कम्पनीका पाँच लाख ७७ हजार २९५ कित्ता सेयर किनबेच भएका थिए। नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै पाँच हजार ५४१ पटक किनबेच भएका थिए।

आज सबै समूहका परिसूचक उकालो लागेका छन्। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी २६५.५८ अंकले बढेको छ।