November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्से साढे १८ अंकले घट्यो, सवा ६ अर्बको कारोबार

5.7K

काठमाडाैं- साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ विन्दुमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ। सेन्सेटिभ २.२८ अंकले घटेर ४७०.७७ विन्दुमा कायम भएको छ।

आज कूल छ अर्ब १४ करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २१९ वटा कम्पनीका एक करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर ७५ हजार  पटक खरिद-बिक्री भएका थिए।

Advertisement

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतका दरले कमाएका छन्। महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको थियो। उक्त संस्थाका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन्।

आज एनसीसी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा कुमारी बैंक अगाडि रह्यो। आज उक्त बैंकका आठ लाख ७२ हजार कित्ता सेयर किनबेच भएका थिए। महिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी चार हजार ४११ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

आज सबै समूहको परिसूचक ओरालो लाग्दा जीवन बिमा समूह सबैभन्दा धेरै १४७.६४ अंकले घटेको छ।