काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा पछिल्लो समय बढ्दै गएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तत्कालै २५ हजार डलर सहयोग गर्ने भएको छ ।
संघको बुधबार बसेको आकस्मिक बैठकले अन्तराष्ट्रिय समन्वय परिषद्संगको सहकार्यमा आइसिसीमार्फत तत्काल २५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने र मानवीय कार्यमा अझ बढी सहयोग पुरÞ्याउनका लागि तत्कालै गो फन्ड मी मा अकाउण्ट बनाएर थप सहयोग रकम संकलन गर्ने तथा त्यसका लागि च्याप्टर समितिहरुलाई समेत परिचालन गर्ने निर्णय समेत गरेको छ ।