November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनचाँदीको मूल्यमा वृद्धि

2.2K

काठमाडौं – नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार १ सय रुपैयाँ बढेको हो । यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।