May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

घट्यो सुनको मूल्य

375

काठमाडौं– मंगलबार(आज) सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले कमी आएको हो।

आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।