April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन

180

काठमाडौं – प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बिहान बसेको समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब १४ करोड ८ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । विभिन्न ५६ वटा कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने १० अर्ब १४ करोड ८ लाख रकम तिरेका छैनन् ।

सभापति भरतकुमार शाहले उपसमितिको प्रतिवेदनअनुसार एक महिनाभित्र बक्यौता असुल गर्न समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिए ।

समितिले बक्यौता रकमबारे अध्ययन गर्न सांसद मिनेन्द्र रिजाल संयोजकत्वमा २०७६, ५ साउनमा उपमसमिति गठन गरेको थियो ।