काठमाडौं–साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।
सुनको मूल्य बिहीवारको तुलनामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले नै बढेको थियो।
शुक्रवार छापावाला सुन ८७ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ। बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार तेजाबी सुन प्रतितोला ८६ हजार ९५० मा कारोबार भइरहेको छ।
शुक्रवार सुनसँगै चाँदीको मूल्य पनि अकालो लागेको छ। बिहीवारको तुलनामा शुक्रवार चाँदी ३० रुपैयाँले बढेको महासंघले जनाएको छ।