November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्से परिसूचकमा १२.८८ अंकको वृद्धि

2.4K

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.८८ अंकको वृद्धि देखिएको छ।

आज परिसूचक ०.४९ अंकले बढेर २६३१.८९ अंकमा कायम भएको छ। परिसूचक ऐतिहासिक विन्दुको नजिक हो। अघिल्लो महिना परिसूचक २६४१ अंकसम्म पुगेर हालसम्मकै उच्च अंकमा कायम भएको थियो। 

आज २१८ वटा कम्पनीको एक करोड ४२ लाख ६८ हजार कित्ता सेयर ७३ हजार ५६७ पटक खरिद-बिक्री हुँदा सात अर्ब १८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज होटल तथा पर्यटन, जीवन बिमा, म्युचुअल फण्ड र लगानी समूह क्रमशः ७७.२२, ५६.६६, ०.०३ र १.०९ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

Advertisement

व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै ३६८.५७ अंकको वृद्धि देखिएको छ। त्यस्तै बैंकिङ ५.४३, विकास बैंक ५२.८८, जलविद्युत २४.०९, वित्त २३.०६, निर्जीवन बिमा समूह २५.०१, उत्पादन १२.७४, लघुवित्त २.६९ र अन्य समूह ६३.९४ अंकले बढेको छ।

आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने अपि हाइड्रोपावरको सात लाख सात हजार कित्ता सेयर किनबेच भएको छ।