April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

२०२१ को पहिलो ३ महिनामा नेपाल आउने पर्यटकको संख्या ३३ हजार पुग्यो

220

काठमाडौं– सन् २०२१ को पहिलो ३ महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झन्डै ३३ हजार पुगेको छ। अध्यागमन विभागमा अनुसार सन् २०२१को जनवरी, फेब्रुअरी र मार्चमा गरी कुल ३२ हजार ९ सय ९७ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको छन्।

यो संख्या सन् २०१९ तथा २०२०को तुलनमा ९० प्रतिशत भन्दा बढीले कम हो। विभागका अनुसार विस्तारै पर्यटक आगमन बढिरहेको छ।

जनवरीमा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या ८ हजार ८ सय ७४ थियो। उक्त संख्या बढेर फेब्रुअरीमा ९ हजार १ सय ४६ पुगेको थियो। फेब्रुअरीको तुलनामा मार्चमा पनि झन्डै ५ हजारको संख्यामा पर्यटक आगमन बढको छ।

मार्च महिनामा मात्रै १४ हजार ९ सय७७ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल भ्रमणमा आउने पर्यटक मध्ये भारतीय पर्यटकको संख्या ५० प्रतिशतको हाराहारीमा रहेको छ। ३ महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १६ हजार ४ सय ४९ रहेको छ।

यो संख्या कुल पर्यटक आगमन संख्याको आधारमा ४९ दशकल ८४ प्रतिशत हो। यसैगरी ३ महिनाकै अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३ हजार ७ सय ९२ रहेको छ। साथै अमेरिकाबाट नेपाल भ्रमण आउने पर्यटकको संख्या ३ हजार ६ सय ९७ रहेको अध्यागमन विभागले जनाएको छ।