काठमाडौं– केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार ९ सय रुपैयाँले बढेको छ।
बुधबार ८५ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, बिहीबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा प्रतितोला रहेको छ।
बिहीबार चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले अकालो लागेको हो।
आज चाँदी १२ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।