April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

२३ दिनमा हिमाल आरोहणका लागि १४ टिमका ११३ जनाले अनुमति लिए

310

काठमाडौं- सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि २३ दिनमा १४ टिममा ११३ जनाले अनुमति (परमिट) लिएका छन्। पर्यटन विभागमा अनुसार ८ वटा हिमाल आरोहणका लागि उनीहरुले परमिट लिएका हुन्।

सगरमाथा आरोहणका लागि ४ टिमका ४६ जनाले परमिट लिएका छन्। सगरमाथा आरोहणका लागि परिमट लिएका मध्ये १६ जना बराइनी राजकुमारसहितको सदस्य हो। 

यसैगरी, अन्नपूर्ण हिमाल अरोहणका लागि २ दलका ३० जनाले अनुमति लिइसकेका छन्। त्यसमा १३ जना महिला र १७ जना पुरुष रहेकाे विभागले जनाएकाे छ। मनास्लु हिमाल आरोहणका लागि १ जना र नुप्त्से हिमाल आरोहणकमा लागि ४ जनाले अनुमति लिएका छन्।

यसैगरी, ४ टीममा ४४ जनाले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएका छन्।