April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

नेपालको अर्थतन्त्र सोचेभन्दा छिटो सुधार हुने

250

काठमाडौं- कोरोना महामारीका कारण विश्वका अधिकांश देशको आर्थिक वृृद्धिदर नकारात्मक दिशातर्फ उन्मुख छ। नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा माइनस १.९९ प्रतिशत भएको थियो। तर, कारोना विरुद्धको खोपले अर्थतन्त्र सुधारमा आशा जगाएको विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणले देखाएको छ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा दक्षिण एसियाली मुलुहरुको कुल गार्हस्थ उत्पादनमा सुधार हुने जनाएको छ। तर, सरकारले चालु आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरेपनि विश्व बैंकले २.७ प्रतिशत मात्र हुने अनुमान गरेको छ।

२०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा बैंकले अहिले संशोधन गरेर यस्तो तथ्यांक सार्वजनिक गरेको हो। संशोधनमा नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको उल्लेख छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत र २०७९/८० मा पुग्दा ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। यसअघि विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर गरेको थियो।

संशोधन प्रक्षेपणमा भने ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ। साथै, बैंकले रेमिट्यान्स र खोप अभियानको सकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा परेको उल्लेख गरेको छ।