November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ज्योति लाइफको आइपिओ बाँडफाँट : ५ लाख ९४ हजारले पाए १० कित्ता

2.2K

काठमाडाैं- ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट गरेको हो।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट गरिएको छ। योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिए। उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।

Advertisement

कम्पनीले १०० अङ्‍कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो।