November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

४१.३० अंकले बढ्यो नेप्से, २५७० बिन्दुमा परिसूचक

3.5K

काठमाडौं-  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ अंकमा कायम भएको छ।

आज २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार कित्ता ७२ हजार ९५७ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज जलविद्युत समुह १४.९५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ३८१.११ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको उपसूचक २२१.०४ अंकले बढेको छ। त्यस्तै बैंकिङ २२.५५, होटल तथा व्यापार १७८.५६, विकास बैंक २१.२८, वित्त २२.३, र उत्पादन समूह ५१.६७ अंकले बढेको छ। अन्य समूहको उपसूचक २०.४१, लघुवित्त समूहको उपसूचक १२२.४७, जीवन बिमा समूह १४१.२२ र लगानी समूह ४.९३ अंकले बढेको छ।

Advertisement

आज कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ६५ करोड १५ लाख रुपैयाँ बराबरको ११ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ। 

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका छन्।