April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

२४.०८ अंकले घट्यो नेप्से

4.1K

काठमाडौं- आइतबार उच्च अंकले बढेको पुँजीबजारमा सोमबार भने दोहोरो अंकले गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ अंकमा कायम भएको छ।

आज २११ वटा कम्पनीको एक करोड नाै लाख ३१ हजार कित्ता सेयर ६१ हजार ४८८ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।आज होटल तथा पर्यटन समूह १०४.९७ अंक र जलविद्युत समूह १०१.७३ अंकले बढेको छ। बाँकी सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ३१५.९६ अंकले घटेको छ। त्यस्तै बैकिङ समूह २१.४८, व्यापार समूह १६.५, विकास बैंक समूह १९.५३, वित्त समूह ८.१९ र निर्जीवन बिमा समूह १८३.५८ अंकले घटेको छ। उत्पादन, लघुवित्त, जीवन बिमा, लगानी र अन्य समूहमा क्रमशः १२९.२२, ९२.७८, १.४ र ३०.६२ अंकको गिरावट देखिएको छ।

Advertisement

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ४६ करोड ९६ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।