April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

सुनको मूल्य वृद्धि

2.5K

काठमाडौं–नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य उकालो लागेको छ।

शुक्रवार ८६ हजार ७ सय रुपैयाँमा प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य आज सुन प्रतितोला ५ सयले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाला सुन आज ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, आज तेजावी सुनको  मूल्य ८६ हजार ७ सय ५० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ।

Advertisement

यसैगरी शुक्रवारको तुलनामा आज चाँदी मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ। शुक्रवार प्रतितोला चाँदी १२ सय ७५ मा कारोबार भएको  चाँदीको मूल्य आज १२ सय ८० रुपैयाँ रहेको छ।