January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

‘लन्डनमा बन्ड जारी गर्दैछौं’: निफ्रा

5.2K

काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्र)ले लण्डन स्टक एक्सचेन्जमा बन्ड जारी गर्न लागेको विषय साँचाे भएको र पूँजी बजारमा असर पर्ने गरी कुनै बजार हल्ला नफैलाएको जनाएको छ।

निफ्राले विदेशमा बन्ड जारी गर्न लागेको विषय सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बुधबार स्पष्टीकरण सोधेको थियो। ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने विषय कति सत्य हो? नेप्सेले निफ्रालाई सोधको स्पष्टीकरणमा भनिएको थियो।

mostbet

त्यसको जवाफमा निफ्राले ‘३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै हिस्सा रहेको र बैंकले आफ्नो वार्षिक प्रतिवेदन तथा साधारण सेयर निस्कासका लागि तयार पारिएको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको’ भन्दै पत्र पठाएको छ।

Advertisement

त्यस्तै निफ्रालाई सोधिएको स्पष्टीकरणमा ‘उक्त कम्पनीले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भएको हो? र कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारीमा नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो’ भन्ने विषय पनि उल्लेख छ।