पर्सा – मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज अझै आधिकारिक रूपमा खुलाइएको छैन। देश छिर्ने प्रमुख स्थल नाका भारतीय पर्यटकका लागि अझै नखुलाइएको हो।
अन्य गतिविधि भने प्रायः सबै पूर्ववत् अवस्थामा फर्किन थालेको छ। तथापि; वीरगन्ज भन्सार नाका भने आधिकारिक रूपमा अझै भारतीय पर्यटकका लागि खुलेको छैन।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल-भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई केहीबेर अगाडी सिफारिस गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड-१९ सिसीएमसी बैठकले नेपाल-भारतबीचको यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको हो।
उता, कोरोनाविरुद्धको खोप उत्पादन र विश्वभर निर्यात गरिरहेको भारतकै केही प्रदेश कोरोना चपेटामा फेरि पर्न थालेका छन्।