November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खुले चिनियाँ नाका

२०७७ फाल्गुन २६

2.5K

काठमाडाैं – ल्होसारका कारण बन्द भएको चिनियाँ नाका पुनः सञ्चालनमा आएको छ। नाका सञ्चालन भएसँगै दैनिकरूपमा आयातसमेत बढ्दै छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माण सामग्री तथा तयारी पोशाक भित्रिने गरेका छन्। कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण लामो समय नाका बन्द भएका थिए।

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युतका लागि आवश्यक सामग्री आएको उनले बताए।

Advertisement

पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहज भने नभएको उनको भनाइ छ। चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउछँन्। कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।