November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्सेमा दोहोरो अंकको गिरावट

२०७७ फाल्गुन २५

2.6K

काठमाडौं– याे साता कारोबार पहिलो दिन आइतबार २१.५८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि दोहोरो अंकले घटेको छ। मंगलबार परिसुचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको छ। 

आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ। 

Advertisement