November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२१.५८ अंकले घट्यो नेप्से

२०७७ फाल्गुन २३

2.9K

काठमाडौं– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.५८ अंकले घटेको छ। आज परिसूचक ०.८६ प्रतिशतले घटेर २४८५.०९ अंकमा कायम भएको छ। 

आइतबार २११ वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार कित्ता सेयर ५३ हजार ९७० पटक खरिद–बिक्री हुँदा ५ अर्ब ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

अघिल्ला हप्ताहरुको तुलनामा आज कारोबार रकम कम देखिएको छ। केहि समय अघि साढे १० अर्ब सम्मको ऐतिहासिक कारोबार गरेको नेप्सेमा पछिल्लो समय भने कारोबार रकम घट्दो क्रममा छ। 

Advertisement