November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

५ सय रुपैयाँले महँगियो सुन

२०७७ फाल्गुन १९

2K

काठमाडाै‌–मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपालमा पनि परेको हो।

बुधबार चाँदीको मूल्य २५ रूपैयाँ बढेको छ। मंगलबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

Advertisement