November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

४०.६४ अंकले बढ्यो परिसूचक

२०७७ फाल्गुन १७

2.2K

काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार ८० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने हरियाली देखिएको छ। आज परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ अंकमा कायम भएको छ।

सोमबार २०९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्ला दिनहरुको तुलनामा करिब आधाले कम हो। अघिल्लो हप्ता नेप्सेमा साढे १० अर्ब रुपैयाँ सम्मको ऐतिहासिक कारोबार भएको थियो।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३५९.१७ अंकले बढेको छ। कारोबार रकम र सेयर संख्याका आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ४४ करोड ४८ लाख रुपैयाँ बराबरको ८ लाख ६३ हजार ८०२ कित्ता सेयर खरिद बिक्री भएको छ। 

Advertisement