November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतितोला ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

२०७७ फाल्गुन १७

4.5K

काठमाडाैं– नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको हाे।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य पनि प्रतिताेला ५ रुपैयाँले बढेकाे छ। आइतबार प्रतितोला १३ सय २५ रुपैयाँ भएकाे चाँदी आज १३ सय २५ रुपैयाँमा काराेवार भइरहेकाे छ। 

Advertisement