November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

छेला औद्योगिक क्षेत्र शिलान्यास हुँदै

२०७७ फाल्गुन १०

4.7K

काठमाडौं – पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी गरिएको छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापनाका लागि पहिलो पटक बजेट विनियोजन गरेको वेदकोट नगरपालिका मेयर अशोक चन्दले बताए। त्यस्को २५ बर्षपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछन्।

अहिले दुई सय ९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने मेयर चन्दको भनाइ छ। पछि थप एक हजार बिघामा विस्तार हुने दाबी चन्दको छ।

मनमोहन अधिकारीको प्रधानमन्त्रीकालमै पहिलो पटक बजेट विनियोजन भएको भनिए पनि औद्योगिक क्षेत्र निर्माणको औपचारिक कार्य भने २०७२ साल चैतबाट भएको हो ।

Advertisement

२०७२ साल चैत १ गतेको मन्त्रिपरिषद् बैठकले पनि औद्योगिक क्षेत्र स्थापना गर्न छुट भएका प्रदेशमा उपयुक्त जग्गाको पहिचान गरी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय पनि गरेको थियो। सोही निर्णयअनुसार सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र घोषणा गर्ने गरी यो कार्यक्रम अगाडि बढाएको थियो।