April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

सुनको मूल्य तोलामा १ हजारले घट्यो

2.9K

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।

बिहीबार नेपाली बजारमा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ८८ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।