April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

माघसम्मको आयात ८ खर्ब नाघ्यो, एक महिनामा मात्रै ३० प्रतिशत वृद्धि

3K

काठमाडौं । यो वर्षको आयातले अघिल्लो वर्षको आयातलाई जितेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म स्वदेशमा आयात भएका मालवस्तु अघिल्लो वर्षको सोही समयमा भएको आयातभन्दा धेरै देखिएको हो । 

माघ महिनाको आयातमा ३० प्रतिशत वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सातौं महिनामा भन्सार विन्दुबाट १ अर्ब ४२ अर्ब ३९ करोड रुपैंयाँ बराबरको आयात भएको हो । अघिल्लो वर्षको माघ महिनामा १ खर्ब ८ अर्ब ९० करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।

यो आयातसँगै माघ महिनासम्मको कुल आयात बढेर ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको माघसम्म ८ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको थियो । 

Advertisement

निर्याततर्फ माघ महिनामा ९ अर्ब ११ करोडको मालवस्तु निर्यात भएको छ । यो अघिल्लो वर्षको माघमा ७ अर्ब ६९ करोडको निर्यात भएको थियो । यो निर्यातसँगै माघसम्मको कुल निर्यात ६९ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख बराबरको निर्यात भएको थियो ।

माघ महिनामा सबैभन्दा बढी एम एस विलेट, डिजेल, कोइला, मोबाइल फोन, भटमासको कच्चा तेल, एलपी ग्यास, पेट्रोल, एच आर सिट, धान, सुन लगायतका वस्तुको आयात भएको छ । 

त्यसमध्ये एमएस बिलेट, मोबाइल फोन, डीएपी मल, अन्य कोइला, भटमासको कच्चा तेल, सुन, धान, सुर्यमुखी तेल लगायतको आयातमा उच्च रुपले वृद्धि भएको छ । यो अवधिमा डिजेल निर्माणसम्बन्धी यन्त्र, हवाई इन्धन, बिटुमिन, सीआर सिट, गहुँ, मरिच, सुपारी लगायतको आयातमा उच्च गिरावट आएको छ ।