November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सेयर बजार नेप्से ३३ अंकले घट्यो

2.3K

काठमाडौँ– साताको पहिलो दिन सेयर बजार नेप्से ३३ अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २४९३ अंकमा झरेको हो।

आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूह २३३ अंकले घटेका छन्।

समग्र बजार घट्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको छ। पहिलो कारोबार ३४० रुपैयाँमा भएको थियो। बैंकको आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो।

Advertisement

कर्णाली विकास बैंकको मूल्य ७.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९१ रुपैयाँ पुगेको छ। त्यस्तै नेको इन्स्योरेन्सको मूल्य ७.४ प्रतिशतले बढेर १६९९ रुपैयाँ पुगेको छ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १९१९ रुपैयाँ कायम भएको छ। त्यस्तै स्वाभिमान लघुवित्तको मूल्य ९.१ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो।