November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एक तिहाइले घट्यो टेलिकमको नाफा

2.5K

काठमाडौं- सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफा एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)को अवधिमा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ।

शुक्रबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यही अवधिमा ४ अर्ब ९३ करोड ९१ लाख रूपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि घटेको छ। गत वर्ष २१ अर्ब ९२ करोड रूपैयाँ कूल आम्दानी गरेको कम्पनीले यो वर्ष २० अर्ब ५७ करोड रूपैयाँ मात्रै कुल आम्दानी गरेको छ। 

Advertisement