September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

चिनियाँ सुपरहिरोइन चलचित्र ‘मूलन’ शुक्रवारबाट नेपालका मल्टीप्लेक्समा

1K

प्रदर्शन रोकिएको चिनियाँ सुपरहिरोइन चलचित्र ‘मूलन’ शुक्रवारबाट नेपालका मल्टीप्लेक्सहरुमा प्रदर्शनमा आएको छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । विदेशी बजारमा प्रदर्शन भइसकेको यो चलचित्र नेपाली दर्शकमाझ प्रतिक्षीत थियो । लकडाउनअघि यो चलचित्र प्रदर्शनको तयारीमा थियो ।

‘मूलन’ ले नेपालका मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर शुक्रवार र शनिवार गरी १९ सोज प्रदान गरेको छ । त्यस्तै, वान सिजेमाजले तीन सोज, क्यूज सिनेमाजले चार सोज, एफक्युब सिनेमाजले तीन सोज, सिडिसी सिनेमाजले दुई सोज, विएसआर मुभिजले दुई सोज, आईएनआई सिनेमाले दुई सोज बाँडेका छन् ।

Advertisement

निकि कारो निर्देशित चलचित्र चिनियाँ दन्त्यकथामा आधारित छ । लियू यीफी, जेट ली, डोनी येन, गोङ ली, जेसन स्कट ली जस्ता विश्व प्रख्यात कलाकारहरुको अभिनय रहेको चलचित्र २ सय मिलियन डलरमा निर्माण भएको थियो ।