September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

किन सिक्दैछिन् बाजुराको भाषा र लवज स्वस्तिमा

660

फिल्म ‘बुलबुल’ बाट आफूलाई उच्च कोटीको अभिनेत्रीको रुपमा उभ्याएकी स्वस्तिमा खड्का आउँदो फागुन दोस्रो हप्ताबाट दीपेन्द्र के. खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’ मा काम गर्ने तयारीमा छिन् । यसमा उनी अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछिन् ।

बाजुराकी एक विपन्न महिलाको भूमिकामा देखिन लागेकी उनी यसका लागि भाषा र लवज सिकिरहेकी छन् । लकडाउनमा निर्देशक खनालले स्वस्तिमालाई फिल्मको फस्ट ड्राफ दिएका थिए । त्यसबेलादेखि नै उनले पुस्तकदेखि यूट्युबमा भिडियो हेरेर सुदूर पश्चिम (बाजुरा) मा बोलिने भाषा, लवज, रितिरवाज, चालचलन, कला, संस्कृतिको बारेमा सिक्दै र जानकारी लिँदै आएकी थिइन् । एक हप्तादेखि भने बाजुराकी एक महिलाले उनलाई त्यस ठाउँको भाषा र लवज सिकाइरहेकी छन् । 

Advertisement

निर्देशक खनालले भने- ‘पहिलो चरणमा हामी काठमाडौंमा बसेर सुदूर पश्चिममा बोलिने भाषा र त्यसको इतिहासबारे बुझ्ने प्रयास गर्दैछौं । अहिले यहाँ पढाई जस्तो भइरहेको छ । यसपछि भने हामी बाजुरा नै जानेछौं ।’ स्वस्तिमाले केही दिनमा नै बाजुरामा बोलिने भाषा दुरुस्तै बोल्न थालेको उनले बताए । फिल्ममा स्वस्तिमाले बाजुराकी विवाहित महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

निर्देशक खनालकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई उनी आफैंले खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मलाई अर्को वर्षको भदौ ११ गते प्रदर्शन गरिँदैछ ।