March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

कमला प्रधानको ‘भोजपुर हाम्रो भोजपुर’ सार्वजनिक

2.4K

भोजपुर । गीतकार कमला प्रधानको गीत ‘भोजपुर हाम्रो भोजपुर’ सार्वजनिक भएको छ । भोजपुर जिल्लाका ९ वटै स्थानीय तहको परिचय, ऐतिहासिक, धार्मिक, साँस्कृतिक विशेषता समेटिएको ‘भोजपुर हाम्रो भोजपुर’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा मनोज साङ्सोन राईले संगीत भरेका छन् भने साङसोन, लिला राई, सुरेश राई, खगेन्द्र थामी, टीका मगर, तारा नुमिहाङ, कला इशारा र रिजना राईले स्वर दिएका छन् । यस्तै, मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

pinup pin up pin up pinup

गीतको भिडियो स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

Advertisement

पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यसअघि उनको शब्द रचना रहेको ‘तारा टुटि झरे सरी’, ‘कुसुमेरुमाल’,‘भोजपुर घोडेटार दावा मान्द्रे गाउँ’, ‘ए साइमा’, ‘सुनै सुन फल्छ’,‘धकढकाइ मनको धोका’,‘कसम तिमीलाई’,‘न पाउन सके तिम्रो साथ’, ‘पिपल छेउमा वर’, किराँत राई बान्तावा बार्ताङ बङ्स सम्बन्धी ‘किरावाची हामी बार्ताङ्छा’लगायतका गीतहरू दर्शक तथा स्रोताहरूमाझ ल्याइसकेकी छन् ।

भोजपुर नगरपालिका ४ की स्थायी बासिन्दा गीतकार प्रधान सशक्त कवि पनि हुन् ।