December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

मेनुका पौडेल ‘इण्डियन आइडल सिजन १४’ को अन्तिम १५ मा छनोट

1.1K

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल सिजन १४’ को अन्तिम १५ मा छनोट भएकी छन् ।

अडिसन चरणबाटै मेनुका नेपाल र भारतमा मिडिया तथा सोसियल मिडियामा छाएकी पौडेलले पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिमा जजले स्ट्यान्डिङ ओभेसन पनि दिए ।

झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

Advertisement