November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

‘दशैं आयो तिहारै आयो’ बोलको गीतको भिडियो सार्वजनिक

840

काठमाडौँ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘दशैं आयो तिहारै आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार रमेश दहालका शब्द, राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ ।

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरूको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन् । भिडियोको छायाङ्कन राम केसी, सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन् ।

भिडियोमा दिक्पाल कार्की, जुना कार्कीलगायत अन्य यस गीतसँग आवद्धको पनि पहिलोपल्ट अभिनय देख्न सकिन्छ ।

Advertisement