June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

संगीता आङ्थुपोको ‘आमा बाबा’ बोलको गीत सार्वजनिक

2.7K

काठमाडौँ । इजरायलमा रहेर समाजसेवामा सक्रिय संगीता आङ्थुपो गीतकार पनि बनेकी छिन् । उनले वास्तविक जीवन कथामा आधारीत रहेको लेखेको ‘आमा बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय गायीका मेलिना राईले आवाज दिएकी छिन् । राजेन्द्र केरुङको संगीत रहेको गीत गीतकार आङथुपोकै निर्माणमा बनेको हो । उक्त म्युजिक भिडियो मंगलबार फालेलुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रंगकर्मी तथा नायिका सृजना सुब्बाको मुख्य अभिनय रहेको उक्त म्युजिक भिडियोमा रंगकर्मी चेतन आङ्थुपो, संगीता लावती, राम कुमारी आङ्थुपो, बिरु आङ्थुपोले अभिनयमा साथ दिएका छन् । त्यसैगरी राजकुमार आङ्देम्बे, बाल कलाकारहरु फुङमा राई, वरुम्फुङ योङ्हाङ, तान्छो लिम्बू, अपना लिम्बू, आन्छा लिम्बू, जुनु लिम्बू, आर्या लिम्बू आदिले अभिनय गरेका छन् ।

Advertisement

सम्पादन र कलर अनिल कुमार महर्जन, छायांकन बुद्ध थापाको म्युजिक भिडियोलाई निर्देशन बिक्रम फागो वनेम र सहनिर्देशन दिनेश माङ्मुले गरेका छन् ।