January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

नृत्य निर्देशकहरुको अवार्ड कार्यक्रम हुँदै

1.6K

काठमाडौँ । नृत्य निर्देशकहरूको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को मनोनयन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा मनोनयन कार्यक्रम सम्पन्न भएको हो ।

नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरूप्रति मौन धारणा गरेका थिए भने सस्थाका सचिव प्रकाश शर्माले खादा द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विशेष अतिथीको रूपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राइले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरूलाई शुभकामना एंव बधाई ज्ञापन गरे ।

Advertisement

नेशनल डाइनायिमक आर्टस्का अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरूलाई प्रोप्साहन र हौसला प्रदान गर्नको निम्ती नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए । संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरूलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । उनले पर्दा पछाडी रहदै आएका तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरूलाई आफ्नो कामको मुल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए ।

अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोविन्द प्रभात र कृष्ण रसाल रहेका छन भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका छन् । कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो ।

कोको परे मनोनयनमा ?
धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक विधामा रितु खड्का, प्रविन भुजेल, कृष्ण राना र नविना के.सी., सुनिता महर्जन तामाङ जातिको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रविन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, सङ्खर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, सङ्खर विश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक। विधामा सोनु लामा र सुरज तामाङ झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ– झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ– घाटु मा मनोनयनमा परेका छन् ।