June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

नर्सीस लिङ्देनको हावामा हरायौं कि… सार्वजनिक

2.9K

काठमाडौं । नर्सीस लिङ्देन अभिनित ‘हावामा हरायौ कि’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम विरहको भाकालाई समेटिएको उक्त गीति भिडियो युट्युबबाट सार्वजनिक गरिएको हो ।

गीतमा डार्वीन लुङ्गेलीको शब्द, संगीत तथा स्वरमा रेकर्ड भएको गीतलाई रोमन बज्राचार्यले संगीत संयोजन गरेको हुन् ।

वियोगान्त सम्बन्धको कथा देखाइएको यस भिडियोमा नर्सीससँगै सारा राई, आईनी राईको जीवन्त अभिनय रहेको छ ।

Advertisement

युमा बसुन्धारा आर्टस्को प्रस्तुती रहेको यो भिडियोलाई भूवन लिङ्देनले निर्माण गरेका हुन् भने अनिल कटवालले दृश्यमा उतारेका हुन् ।

भिडियो डार्विन लुङ्गेली युट्युब च्यानलमा हेर्न सकिन्छ ।