June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

भेडेटारमा लिम्बू चलचित्र कार्यशाला गोष्ठी शुरु

1.1K

धनकुटा । याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्रसम्बन्धि पूर्वको पर्यटकीय स्थल भेडेटारमा ४ दिने कार्यशाला सुरु भएको छ । याक्थुङ मुनचइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को आयोजनामा कार्यशाला शुरु भएको हो ।

कार्यशालामा कथा निर्देशन, र छायाङ्कनबारे सहभागीलाई प्रशिक्षण दिइने सयङका प्रदेश नं. १ अध्यक्ष भूपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए । उनका अनुसार कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने छन् ।

याक्थुङ युवाहरु लक्षित कार्यशालामा प्रदेशका २५ बढी युवाहरु सहभागी हुने पनि अध्यक्ष भूपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए ।

Advertisement

चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्धन समितिको सहयोग र पूर्बेली भिजन फिल्मस प्रालिको प्राविधिक सहयोगमा कार्यशाला सुरु भएको हो ।

औपचारिक कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङले कार्यशाला सफलताको शुभकामना दिएका थिए ।

कार्यशालामा विशिष्ट अतिथि वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ का महासचिव सुमन तामाङ, याक्थुङ चलचित्रकर्मी सङ्घ १ प्रदेश १ उपाध्यक्ष प्रकाश सुब्बा, सङ्घीय लेखक सङ्घका केन्द्रीय महासचिव तथा याक्थुङ लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष सङ्गेन पन्धाक, लेखक सङ्घ कोरियाका महासचिव बालिन्द्र याक्थुङलगायतले कार्यशाला सफलताको शुभकामना दिएका थिए ।

मंगलबारदेखि भेडेटार भिलेज रिसोर्टमा सुरु भएको कार्यशाला आगामी १२ गतेसम्म हुनेछ ।