April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

स्पन्दन आङ्बो बने ‘भ्वाइस किड्स सिजन-२’ को विजेता

1.3K

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बा आङबोले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट सुब्बाले उपाधी हात पारेका हुन् ।

विजेता आङ्बोलाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे ।उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । अन्य ७ प्रतिस्पर्धीलाई पछि पार्दै सिक्किम बिजनबारीका आङ्बोले उपाधी जितेका हुन् ।

Advertisement