काठमाडौं । गायन र नृत्य विधाका प्रतिभाहरू समेटिएको रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाईस युनिभर्स’को अडिसन सुरु भएको छ । ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्धारा आयोजित यस रियालिटी शोका लािग अहिले विभिन्न देशमा अडिसन चलिरहेको छ ।
परदेशमा रहेका नेपाली र नेपाल मै रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा समेट्न साथै नेपाली भाषा, कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेट्ने गरी कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । यस रियालिटी शोको पुरस्कार राशी नेपालमा सञ्चालित शोमध्ये सर्वाधिक रहेको आयोजकको दाबी छ । यस प्रतियोगिताको प्रथम पुरस्कार १ करोड, द्धितीय पुरस्कार ३० लाख र तृतीय पुरस्कार २० लाख नेपाली रुपैयाँ रहेको छ ।
२० मार्च २०२३ मा अस्ट्रेलियाको पाराभिल्लाको प्यारामाटा प्याम्पल स्ट्रिटमा दुबै अडिसन आयोजना गरिएको छ । अस्ट्रेलियामा हुने अडिसनका लागि नेपाली नायक दिलिप रायमाझी जाँदै छन् । अन्य तयारी टिम भने अस्टे«लिया पुगिसकेका छन् ।
अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका प्रतिभाहरुको सहभागीता रहने अडिसनबाट उत्कृष्ट ५ प्रतिष्प्रधी छनौट गरी फाईनल प्रतिष्प्रधाका लागि नेपाल पठाईनेछ । यसअघि क्यानडा, अमेरीका, दुबई र थाईल्याण्डमा अडिसन सम्पन्न भइसकेको छ । नेपालमा पनि केही दिन भित्र अडिसन खुल्ला हुने आयोजकको जानकारी दिएका छन् ।
प्रतियोगितामा १८ बर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुले मात्र भाग लिन पाउने छन् ।