काठमाडौं । उपन्यासकार तथा गीतकार शान्ति लिम्बूले नयाँ गीत ‘आमा’ सार्वजनिक गरेकी छिन् । उनको शब्द रहेको यस गीतको उनको शब्द रहेको यस गीतको ‘लिरिकल भिडियो’ सार्वजनिक भएको हो ।
शान्ति लिम्बुको यसअघि ‘म रुँदा सधैँ आँसु’, ‘हाम्रो माया सधैंलाई’, ‘मैले पाइला’, ‘मनको आँखा’ लगायतका १६ भन्दा धेरै गीतहरुको सिर्जना तथा भिडियो निर्माण गरी सार्वजनिक गरेकी छन् भने अन्य थुप्रै गीतहरुको रचना गरेकी छन् । बेलायतमा व्यवसायसमेत गर्दै आएकी शान्ती साहित्यमा कलम चालाउछिन् । उनको ‘मिलिजुली’ उपन्यास पुस्तक प्रकाशित छ । उनका थुप्रै फुटकर कविताहरु पनि प्रकाशित छन् ।
‘आमा’ गीतलाई बरिष्ठ संगीतकार महेश खडकाले संगीत दिएका छन् भने संगीतसंयोजन बादल लिम्बुले गरेका छन् । गीतलाई नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईँले गाएकी छन् ।
मुन्धुम स्टुडियोमा रेकर्ड भएको यस गीतको लिरिकल भिडियोको सम्पादन किरण राईले गरेका हुुन् । भिडियो ‘सी एण्ड यस प्रोडक्सन’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।