January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

अनुरागबाट धेरै सिकेँ, अब काम देखाउँछुः एलिजा

2.8K

शुक्रबार सामाजिक संजालमा एक फोटो सार्वजनिक गर्दै अभिनेत्री एलिजा गौतमले निर्देशनमा फर्किन लागेका दीपक श्रेष्ठको नयाँ फिल्ममा अभिनय गर्ने बताएकी छन् ।

‘अनुराग’बाट नेपाली फिल्ममा प्रवेश गरेकी गौतमले आफुले सानैदेखी दीपक श्रेष्ठका फिल्महरु हेरेको र असाध्यै मन पर्ने भएको कारण पहिले देखी नै उनिसँग काम गर्ने मन रहेको बताईन् । फिल्मीखबरसँग कुरा गर्दै एलिजाले भनिन्, ‘दीपक दाई पुरानो र राम्रो निर्देशक हो । मैले स्कूल पढ्ने बेला देखी नै उहाँका फिल्महरु हेर्ने गर्थेँ । एक कार्यक्रममा उहाँसँग भेट भयो । उहाँले पछि मलाई मूख्य अभिनेत्रीमा नै प्रस्ताव गर्नुभयो’ । उनले थपिन्, ‘मन पर्ने निर्देशकले म माथी यति ठुलो भरोषा गरेर प्रस्ताव गरेको कारण र कथावस्तु पनि उत्कृष्ट भएको कारण मैले अभिनय गर्ने भएकी हुँ । मैले निकै ठुलो मौका पाएकी छु’ ।

एलिजाले पहिलो फिल्मबाट सिकेको कुरा अब लागु गर्ने बताईन् । ‘पुरानो फिल्मको असर मेटाएर त मेटिन्न तर पनि मेरो मन खिन्न छैन । मैले पहिलो प्रोजेक्टबाट धेरै सिक्ने मौका पाएँ । पैसा भनेको हातको मैला हो आउँछ जान्छ । म निराश छैन । पहिलोपटक सफलता हासिल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन, त्यहि भएको हो । अब त्यस्तो हुँदैन ।’ एलिजाले पहिलोपटक आँफैले बनाएको फिल्म ‘अनुराग’ असफल भएको थियो ।  बुझिएअनुसार समाजमा व्याप्त छुवाछुतको घटना आधारित रहेर यो फिल्मको कथा बनाईएको छ । यो फिल्ममा बिपिन कार्कीले अभिनय गर्ने की नगर्ने टुंगो लागेको छैन यद्यपी चर्चा भने बिपिनको नै छ ।

Advertisement