June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

अभिनेता पल शाह जेलमुक्त

२०७९ फाल्गुन १५

2.1K

काठमाडौं । उच्च अदालत पोखराले सफाइ दिएसँगै बालयौन दुराचारको मुद्दा लागेका अभिनेता पल शाह रिहा भएका छन् । सोमबार तनहुँ कारागारबाट शाह छुटेका हुन् । आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको छ ।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रक्रिया पुरा गरेका थिए । बालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

Advertisement