काठमाडौं । शान्ति लिम्बुको रचना रहेको गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । गीतको ‘लिरिकल भर्सन’ सार्वजनिक भएको हो ।
चर्चित गायक प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको यस गीतको संगीतकार एलिस कार्की हुन् भने संगीतसंयोजन शैलेन्द्र प्रधानले गरेका हुन् ।
यस गीतमा सञ्जीव मैनालीले गीतार भरेका छन् । यस्तै, गीतारमा बाबु प्रधान रहेका छन् । गीतको लिरिकल भिडियो ‘सिएण्डएस प्रोडक्सन’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।