November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी सो’ पुनः सुरु गर्ने

4.4K

काठमाडौं । चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम पुनः सुरु गर्ने भएका छन् । कोभिडका कारण रोकिएको उक्त सो उनले निरन्तरता दिन लागेका हुन्

‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगमी बैशाख १६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने उनको तयारी छ । कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् ।

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको कलाकार ईशाराले बताए । कार्यक्रम जुनतारा सास्कृतिक सेवा समाज र झर्ना कला केन्द्रको संयुक्त आयोजनामा हुने हास्यकलाकार ईशाराले जानकारी दिए ।

Advertisement

कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गरेका छन । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएको छन ।