May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

अमेरिकन चर्चित गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन

1.4K

एजेन्सी । अमेरिकन चर्चित गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेकले गत २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही समयपछि उनी सुतिरहेकै अवस्थामा निधन भएको हो ।

उनको निधनको कारण भने खुल्न सकेको छैन । उनको अचानक भएको निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् । जेक प्रचारक क्लिफ डोयलले उनको निधनलाई पुष्टि गरेको हो ।

साथै जेकको निधन भएपछि श्रीमती ब्रेन्डाले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् । जेक ३७ वर्षका थिए । उनी एक उत्कृष्ट गायक, रेकर्डिङ आर्टिस्ट र डिमान्डमा पर्ने लाइभ परफर्मर थिए । सन् २०१६ मा उनले गायन सुरु गरेका थिए । उनको पहिलो एल्बमको नाम ‘आइ एम नट ओके’ थियो ।

Advertisement