November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतीय अभिनेत्री सबानाले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

२०७९ कार्तिक २८

2K

काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् । मंसिर ९ गते हुने उद्घाटन समारोहमा आजमी उपस्थित हुने मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

अभिनेत्री आजमीले रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । भारतीय सर्वोच्च सम्मानहरु पद्मश्री र पद्मभूषणबाट सम्मानित अभिनेत्रीले नाट्य महोत्सवको दौरान हुने इनोभेटिभ आइडिया अवार्ड वितरण गर्ने भएकी छन् ।

नाट्य महोत्सवमा ६ नेपाली नाटक र विश्वभरबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुँदैछन् । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित महोत्सव हुन लागेको हो ।

Advertisement