काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित चलचत्र ‘जारी’ वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस चलचित्रको निर्माता रामबाबु गुरुङ हुन् ।
नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सको निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेका छ । यस्तै प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ ।
चलचित्रलाई पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको छ ।